जीवनशैली

६ दिन ढिलो गरी नेपालमा भित्रियो मनसुन, कोशी प्रदेशबाट सुरुआत

६ दिन ढिलो गरी नेपालमा भित्रियो मनसुन, कोशी प्रदेशबाट सुरुआत
यस वर्षको मनसुन प्रणाली शुक्रबार कोशी प्रदेशका केही भू-भागबाट नेपालमा प्रवेश गरेको छ। सरदर मितिभन्दा ६ दिन ढिलो गरी आएको मनसुन हाल कमजोर अवस्थामा रहेको र देशभर फैलिन केही दिन लाग्ने मौसम विभागले जनाएको छ।

संकल्प डेस्क , यस वर्षको मनसुन प्रणाली नेपालमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार कोशी प्रदेशका केही क्षेत्रमा मनसुन भित्रिएको पुष्टि भएको हो।
विभागले जारी गरेको मनसुन आगमन बुलेटिनअनुसार हाल मनसुन कमजोर अवस्थामै रहेको छ। त्यसैले देशका अन्य भागमा यसको प्रभाव विस्तार हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ।
सामान्यतया नेपालमा मनसुन जुन १३ तारिखतिर पूर्वी क्षेत्रबाट प्रवेश गर्ने गर्दछ। तर यस वर्ष भने मनसुन निर्धारित समयभन्दा ६ दिन ढिलो गरी नेपाल भित्रिएको विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले मनसुनी गतिविधिको निरन्तर निगरानी गरिरहेको बताउँदै आगामी दिनमा वर्षासम्बन्धी अद्यावधिक जानकारी सार्वजनिक गरिने जनाएको छ।