संकल्प डेस्क कञ्चनपुर, जेठ २७ । जिल्ला क्रिकेट संघ कञ्चनपुरको सातौँ जिल्ला अधिवेशन तथा आठौँ साधारण सभाले वीरेन्द्रबहादुर चन्दलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको छ। यो चन्दको अध्यक्ष पदमा तेस्रो कार्यकाल हो।
बुधबार महेन्द्रनगरमा सम्पन्न अधिवेशनले चन्दको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मणदत्त भट्ट, सचिवमा विशाल सोनार तथा कोषाध्यक्षमा भुवनप्रसाद पन्त चयन भएका छन्।
यसैगरी सदस्यहरूमा गणेश आग्री, नरेन्द्रराज भट्ट, ज्ञानेश्वरप्रसाद जोशी, विनोद क्षेत्री, निरज चन्द, बृजकिशोर चन्द, माया रावत साउँद, सुरेश भट्ट, दीपक चन्द, धिरेन्द्र चन्द र कमलेश कुमार कपाडी रहेका छन्।
अधिवेशनको प्रमुख अतिथिका रूपमा चतुरबहादुर चन्द उपस्थित थिए। कार्यक्रममा कार्यवाहक सचिव विशाल सोनारले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने पूर्वअध्यक्ष दीपकराज चालिसेले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा जिल्ला क्रिकेट संघ कञ्चनपुरका प्रथम अध्यक्ष हरिश थापा, राष्ट्रिय अम्पायर गणेश आग्री, खेलाडी विनोद भण्डारी, माया रावत साउद तथा पत्रकार महादेव अवस्थीलाई सम्मान गरिएको थियो।
खेलकुद
जिल्ला क्रिकेट संघ कञ्चनपुरको अध्यक्षमा बिरेन्द्रबहादुर चन्द पुनः निर्विरोध
जिल्ला क्रिकेट संघ कञ्चनपुरको सातौँ जिल्ला अधिवेशनले वीरेन्द्रबहादुर चन्दलाई तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन गरेको छ। महेन्द्रनगरमा सम्पन्न अधिवेशनबाट १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। कार्यक्रममा चतुरबहादुर चन्द प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने विभिन्न खेलकर्मी तथा पत्रकारलाई सम्मान समेत गरिएको थियो