खेलकुद
फिफा विश्वकप २०२६: नेपाली समयअनुसार खेल तालिका सार्वजनिक
विश्व इतिहासकै सबैभन्दा ठूलो सस्करण हुने भएकोले बिस्वभरका दर्शकहरुको बिशेष चासो रहेको छ।
महेन्द्रनगर , २३ जेठ २०८३ — विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ FIFA World Cup 2026 को समूह चरणको खेल तालिका सार्वजनिक भएको छ। अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने यस संस्करणमा पहिलो पटक ४८ टोली सहभागी हुँदैछन् र कुल १०४ खेल खेलाइने छन्।
प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘A’ अन्तर्गत आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणका खेलहरू जेठ २९ गतेदेखि असार १४ गतेसम्म सञ्चालन हुनेछन ।
यसपटक ब्राजिल, अर्जेन्टिना, फ्रान्स, जर्मनी, इङ्गल्याण्ड, पोर्चुगल, स्पेन र नेदरल्याण्ड्सजस्ता बलिया टोलीहरू उपाधि दाबेदारका रूपमा मैदान उत्रनेछन्। समूह चरणमै केही रोमाञ्चक भिडन्तहरू हुने अपेक्षा गरिएको छ, जसमा ब्राजिल–मोरक्को, फ्रान्स–सेनेगल, अर्जेन्टिना–अल्जेरिया र इङ्गल्याण्ड–क्रोएसिया प्रमुख आकर्षण रहनेछन्।
फिफाले सार्वजनिक गरेको तालिकाअनुसार समूह चरणपछि राउण्ड अफ ३२, राउण्ड अफ १६, क्वार्टरफाइनल, सेमिफाइनल हुँदै साउन ४ गते मध्यरात १२:४५ बजे विश्वकपको फाइनल खेल हुनेछ। प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ।
फुटबल समर्थकहरू अहिलेबाटै आफ्नो मनपर्ने टोलीको प्रदर्शन हेर्न उत्साहित छन्। २०२६ को विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण हुने भएकाले विश्वभरका दर्शकको विशेष चासो रहेको छ।