बाँगी, मलेसिया — एसीसी पुरुष प्रिमियर कप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा नेपालले मलेसियालाई १०३ रनमै अलआउट गरेको छ। मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजे पनि नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै ३२.३ ओभरमै सबै विकेट झारेका हुन्। अब नेपालले जितका लागि १०४ रन बनाउनुपर्नेछ। �
मलेसियाका लागि कप्तान सयद अजिजले सर्वाधिक ३० रन बनाए। अकिल वाहिदले २४ रन तथा मुहामद स्याहादत राम्लीले १३ रन जोडे। अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। मलेसियाको इनिङ्समा ५ रन अतिरिक्तबाट आएको थियो। �
नेपालका लागि करण केसीले घातक बलिङ गर्दै ७.३ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए। ललित राजवंशीले २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र हेमन्त धामीले समान १–१ विकेट हात पारे।