फिफा विश्वकप २०२६ को अन्तिम १६ मा युरोपका दुई शक्तिशाली टोली पोर्चुगल र स्पेनबीच रोमाञ्चक भिडन्त तय भएको छ। पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्दा स्पेनले अस्ट्रियामाथि ३–० को प्रभावशाली जित निकाल्दै अर्को चरणमा प्रवेश गरेको हो।
क्रोएसियाविरुद्धको खेलमा पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई पुनरागमन गराएका थिए भने इन्जुरी समयमा गोन्कालो रामोसले निर्णायक गोल गरे। उता स्पेनका मिकेल ओयारजाबालले दुई गोल गर्दै टोलीलाई सहज जित
अब यी दुई युरोपेली महारथीबीचको विजेताले क्वार्टरफाइनलमा बेल्जियम वा संयुक्त राज्य अमेरिकामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। फुटबल समर्थकमाझ यो खेल अन्तिम १६ कै सबैभन्दा आकर्षक र बहुप्रतीक्षित भिडन्तका रूपमा हेरिएको छ।