समाज

कंचनपुरको दैजीमा ईभी हाइस दुर्घटनामा १३ जना घाइते

कंचनपुरको दैजीमा ईभी हाइस दुर्घटनामा १३ जना घाइते
कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्रराज मार्गमा ईभी हाईस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। अनियन्त्रित भई सडकमा पल्टिएको सवारी साधनमा चालकसहित यात्रुहरू घाइते भएका हुन्। घाइतेहरूलाई महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ भने उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
महेन्द्रनगर। कञ्चनपुरको बेदकोट नगरपालिका-३ दैजीस्थित महेन्द्रराज मार्गमा सोमबार दिउँसो ईभी हाईस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। सुपप्र ०२-००१ ज ४९६ नम्बरको ईभी हाईस अनियन्त्रित भई पल्टिँदा चालकसहित १३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घाइते हुनेमा कृष्णपुर नगरपालिका-९ पिपरियाका ४३ वर्षीय पुष्करराज गिरी, बेदकोट नगरपालिका-१० नयाँगाउँका २० वर्षीय जीवनसिंह कडाल, कैलालीको टिकापुर नगरपालिका-९ खैरीफाटाकी ४५ वर्षीया राधादेवी शाह रहेकी छन्। यस्तै, धनगढी उपमहानगरपालिका-५ हसनपुरकी २५ वर्षीया सम्झना सिंह, उत्तरबेहडीकी ६१ वर्षीया सरस्वतीदेवी कुँवर, ५५ वर्षीय विष्णु सिंह तथा १७ वर्षीया आंशिका कुँवर रहेकी छन्। त्यसैगरी, १६ वर्षीया पुष्पा बोहरा, दार्चुलाको महाकाली नगरपालिका-१ फापरीका ६० वर्षीय गजेन्द्रसिंह कुँवर, ३२ वर्षीया सुमित्रा कुँवर, डडेल्धुराको नवदुर्गा गाउँपालिका-२ की ५५ वर्षीया ईश्वरीदेवी भुल, २२ वर्षीय सुनिल भुल तथा अजयमेरु गाउँपालिका-६ कानाकोटका २८ वर्षीय पुष्पराज पन्त पनि घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र उनीहरूको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।