समाज

नवप्रवेशी इन्जिनियर तथा आर्किटेक्टलाई पेशागत अभिमुखीकरण

नवप्रवेशी इन्जिनियर तथा आर्किटेक्टलाई पेशागत अभिमुखीकरण
धनगढीमा नवप्रवेशी इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा आवश्यक पर्ने व्यावहारिक ज्ञान, जिम्मेवारी, कार्यक्षेत्रका चुनौती तथा करियर विकासका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ‘Professional Orientation and Career Empowerment’ कार्यक्रम सम्पन्न भएको छ। नेपाल इन्जिनियरिङ परिषद्, नेपाल इन्जिनियर्स एसोसिएसन र NEA सुदूरपश्चिम प्रदेशको संयुक्त आयोजनामा भएको कार्यक्रममा नयाँ पुस्ताका इन्जिनियर तथा आर्किटेक्टलाई अध्ययनपछि वास्तविक कार्यक्षेत्रमा प्रवेश गर्दा आवश्यक पर्ने सीप, पेशागत आचरण र जिम्मेवारीबारे अभिमुखीकरण गरिएको थियो। सहभागीहरूले कार्यक्रमलाई आफ्नो पेशागत यात्राका लागि उपयोगी, व्यवहारिक र मार्गदर्शनमुखी रहेको बताएका छन्। साथै, नवप्रवेशी प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

धनगढी, भदौ १४ — नवप्रवेशी इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत क्षेत्र, कार्यस्थलको जिम्मेवारी तथा करियर विकासबारे आवश्यक ज्ञान र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले धनगढीमा आयोजित ‘Professional Orientation and Career Empowerment’ कार्यक्रम सम्पन्न भएको छ।
नेपाल इन्जिनियरिङ परिषद् (NEC), नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) तथा नेपाल इन्जिनियर्स एसोसिएसन सुदूरपश्चिम प्रदेशको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको सभापतित्व NEA सुदूरपश्चिम प्रदेशका सभापति नवीनराज जोशीले गर्नुभएको थियो।
कार्यक्रममा नवस्नातक इन्जिनियर तथा आर्किटेक्टहरूलाई कार्यक्षेत्रमा आवश्यक पर्ने व्यावहारिक ज्ञान, पेशागत आचारसंहिता तथा जिम्मेवारी, कार्यक्षेत्रका चुनौती र करियर विकासका सम्भावना लगायतका विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो।
कार्यक्रमका सहभागी नवस्नातक इन्जिनियरहरूले अभिमुखीकरणलाई व्यवहारिक, उपयोगी र आफ्नो पेशागत यात्राका लागि महत्वपूर्ण रहेको बताएका छन्। कार्यक्षेत्रमा प्रवेश गर्नुअघि आवश्यक जानकारी र मार्गदर्शन प्राप्त भएको भन्दै उनीहरूले आयोजकप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका