संकल्प डेस्क,सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिलामन्त्री बिक्रम सिंह धामीले सोमबार मध्यरात प्रदेश सभामा आय–व्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन्।
प्रदेश सरकारले ल्याएको नयाँ बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४ अर्ब २० करोड रुपैयाँले बढी हो। गत वर्ष ३३ अर्ब ५० करोड रुपैयाँको बजेट सार्वजनिक गरिएको थियो।
सत्ता साझेदार दलहरूबीच बजेटका विषयमा लामो समयसम्म सहमति नजुट्दा दिनभर अन्योलको अवस्था बनेको थियो। अन्ततः सहमति भएपछि राति साढे ११ बजेपछि बजेट प्रदेश सभामा पेश गरिएको हो।
आगामी वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको सरकारले जनाएको छ।