संकल्प डेस्क।सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको अवसरमा शनिबार कार्यसम्पादनको विवरण सार्वजनिक गर्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ बजे विशेष कार्यक्रममार्फत सरकारका उपलब्धि, कार्यप्रगति तथा आगामी प्राथमिकताबारे जानकारी दिइनेछ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि चैत १३ गते बालेन शाह नेतृत्वमा सरकार गठन भएको थियो। सोही दिन प्रधानमन्त्रीले सुशासन, पारदर्शिता र सेवा प्रवाहलाई केन्द्रमा राख्दै पहिलो १०० दिनभित्र सम्पन्न गर्ने योजनाको सूची सार्वजनिक गरेका थिए।
सरकारले अब ती प्रतिबद्धतामध्ये कति कार्यान्वयन भए, कस्ता उपलब्धि हासिल भए र बाँकी योजना के छन् भन्ने विषयमा औपचारिक विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। १०० दिने समीक्षा सरकारको कार्यक्षमता मापन गर्ने प्रारम्भिक आधारका रूपमा हेरिएको छ।