संकल्प डेस्क,परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दै छन्। चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा हुने भ्रमण जेठ ३१ गतेदेखि असार ३ गते सम्म हुनेछ।
भ्रमणका क्रममा बेइजिङमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार, लगानी तथा आपसी हितका विविध विषयमा उच्चस्तरीय छलफल हुने बताइएको छ। मन्त्री खनालले चिनियाँ समकक्षी वाङ यीसँग औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, उनले चीनका अन्य उच्च अधिकारीहरूसँग भेटघाट गर्नुका साथै बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलनमा नेपालमा विदेशी लगानी आकर्षित गर्ने विषयमा चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।
भ्रमण अवधिमा मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग पनि भेटघाट गर्नेछन्। चारदिने कार्यक्रम सम्पन्न गरी उनी असार ३ गते स्वदेश फर्कने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
राजनीति
चीन भ्रमणमा परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सम्बन्ध र लगानी प्रवर्द्धनमा केन्द्रित हुने
चीन को चार दिने भ्रमणमा परराष्ट्मन्त्री शिशिर खनाल प्रस्थान गर्दै ।