कंचनपुर ,संकल्प डेस्क । प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले आगामी आर्थिक वर्षको बजेटमाथि गम्भीर प्रश्न उठाएका छन्। उनले बजेटले आम नागरिक, किसान, बेरोजगार युवा तथा विपन्न समुदायका अपेक्षा सम्बोधन गर्न नसकेको आरोप लगाएका छन्।
सिंहले शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाउनु संविधानको मर्मविपरीत भएको भन्दै त्यसको औचित्यमाथि प्रश्न गरेका छन्। उनले बैंकमा पैसा थुप्रिने तर उत्पादनमूलक क्षेत्रमा लगानी नबढ्नुको कारण पनि सरकारसँग मागेका छन्।
त्यस्तै, किसानले खेतमा ५ रुपैयाँमा बिक्री गरेको तरकारी काठमाडौं आइपुग्दा ५० रुपैयाँ पुग्ने अवस्थाबारे सरकार मौन रहेको उनको भनाइ छ। बेरोजगारी, युवा पलायन, गरिब तथा दलित समुदायको उत्थानका लागि बजेटमा ठोस योजना नदेखिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
साथै, पुरानो ऋण तिर्नकै लागि थप ऋण लिने प्रवृत्तिले मुलुकको अर्थतन्त्रलाई झन् संकटतर्फ धकेल्ने चेतावनी पनि उनले दिएका छन्। सिंहले उठाएका यी प्रश्नले बजेट कार्यान्वयन र सरकारको आर्थिक नीतिमाथि नयाँ बहस सिर्जना गरेको